News १५औं रनिङ चाँदी कपः आयोजक सिद्धार्थ फाइनलमा
गोलनेपाल

पुनर्वास । आयोजक सिद्धार्थ युवा क्लब (रातो) जारी १५औं रनिङ चाँदी कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार सम्पन्न पहिलो सेमिफाइनलमा सिद्धार्थले अरनिको युवा क्लब (रातो) लाई २–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो । सिद्धार्थको जितमा भुपेन्द्र सिंह र एरोन थापा मगरले गोल गरे ।

खेलको म्यान अफ दि म्याच आयोजक सिद्धार्थ कै भुपेन्द्र सिंह घोषित भए । प्रतियोगिता अन्तर्गत असोज २६ गते आइतबारको दोस्रो सेमिफाइनल खेल संघर्ष स्पोर्टस क्लब र प्याराताल युवा क्लबबीच हुने आयोजकले जानकारी दियो ।

सिद्धार्थ युवा क्लब, पुनर्वास नगरपालिका–७, कञ्चनपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख २२ हजारका साथ ६४ तोलाको आकर्षक चाँदीको ट्रफी हात पार्नेछ भने उपविजेताले १ लाख ११ हजारसहित ट्रफी, मेडल प्राप्त गर्ने आयोजकले जानकारी दियो ।

Post Comments