पुनर्वास । संघर्ष स्पोर्टस क्लब, अत्तरिया यहाँ जारी १५औं रनिङ चाँदी कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
संघले आयोजक सिद्धार्थ युवा क्लब (हरियो) लाई टाईब्रेकरमा ४–३ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ संघर्षका लागि सन्तोष साउदले गोल गरेका थिए भने सिद्धार्थका लागि अब्दुम मगरले गोल गरेका थिए ।
टाईब्रेकरमा भने संघर्ष सफल बन्यो । खेलमा विपक्षीको दुई पेनाल्टी प्रहार जोगाएका संघर्षका गोलरक्षक दिनेश नेपाली म्यान अफ दि म्याच घोषित भए ।
त्यस्तै मंगलबार नै भएको अर्को खेलमा अरनिको युवा क्लबले त्रिभुवन युवा क्लबलाई ५–१ ले हराउँदै क्वाटरफाइनल यात्रा तय गर्यो । अरनिकोको जितमा ज्ञानु जोशी र रोहित तामाङले दुई–दुई गोल गर्दा बिकास तामाङले थप एक गोल गरे । उता पराजित त्रिभुवनका लागि भने गोविन्द बिष्टले एक मात्र गोल फर्काएका थिए । खेलमा अरनिकोका ज्ञानु जोशी म्यान अफ दि म्याच बने ।
सिद्धार्थ युवा क्लब, पुनर्वास नगरपालिका–७, कञ्चनपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख २२ हजारका साथ ६४ तोलाको आकर्षक चाँदीको ट्रफी हात पार्नेछ भने उपविजेताले १ लाख ११ हजारसहित ट्रफी, मेडल प्राप्त गर्ने आयोजकले जानकारी दियो । फाइनल खेल भने असोज २७ गतेका दिन हुनेछ ।
- आयोजक अरनिको युवा क्लब लगातार दोस्रोपटक अरनिको सैनिक कपको विजेता
- भानु युवा क्लब सातौं अरनिको सैनिक कपको फाइनलमा
- आयोजक अरनीको युवा क्लब लगातार दोस्रोपटक फाइनल खेल्दै
- भानु युवा क्लब र पुनर्वास नगरपालिका-३ सातौं अरनीको सैनिक कपको सेमिफाइनलमा प्रवेश
- सुदूरपश्चिम प्रदेश प्रहरी र अरनीको युव कञ्चनपुर सातौं अरनीको सैनिक कपको सेमिफाइनलमा