News
राष्ट्रिय महिला लिगको छनौट नजिक एनआरटी
काठमाडौं । न्युरोडटिम (एनआरटी) ले एन्फा महिला लिग छनौटतर्फ बुधबार महत्वपूर्ण जित हात पार्दे राष्ट्रिय महिला लिगका लागि छनौट हुने सम्भावना बनाएको छ ।
समूह बी तर्फको खेलमा एनआरटीले बुधबार बुटवल लुम्बिनी एफसीलाई २–० ले हराएपछि राष्ट्रिय महिला लिग छनौटको सम्भावना बलियो बनेको हो । च्यासल खेलमैदानमा भएको खेलमा एनआरटीका लागि जुना तामाङ र प्रतीक्षा चौधरीले गोल गरिन् ।
यो जितसँगै ५ खेलबाट १२ अंक जोडेको एनआरटी समूह बी तर्फ दोस्रो स्थानमा छ । समूह चरणको छैठौं खेलमा ९ अंक जोडेको झापा एफसीले बराबरी खेले एनआरटी राष्ट्रिय महिला लिगका लागि छनौट हुनेछ । समूह बी बाट संकटाले यसअघि नै राष्ट्रिय महिला लिगमा स्थान बनाईसकेको छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- वीरेन्द्रनगरमा महिला खेलाडी लक्षित 'युद्ध फुटबल एकेडेमी'को प्रशिक्षण सुरु
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- बिमलाको निर्णायक गोलमा आत्मा पवित्र फाइनल प्रवेश