काठमाडौं । एएफसी यु-२३ एसियन कप छ्नौट प्रतियोगिता खेल्ने तयारीमा रहेको नेपाली यु-२३ फुटबल टोलीको फाइनल स्क्वाड घोषणा गरिएको छ ।
मुख्य प्रशिक्षक नवीन न्यौपानेले शुक्रबार २३ सदस्यीय फाइनल स्क्वाड घोषणा गरेका हुन । स्मरण रहोस, नेपालले आउँदो सेप्टेम्बर ३ देखि ९ तारीखसम्म ताजिकिस्तानमा हुने एएफसी यु-२३ एसियन कप छ्नौट खेल्दैछ ।
छ्नौट प्रतियोगितातर्फ समूह के मा रहेको नेपालले आयोजक ताजिकिस्तानसँगै सिरिया र फिलिपिन्ससँग खेल्ने कार्यक्रम छ ।
यस्तो छ यु-२३ फाइनल स्क्वाड:
गोलकिपर्स: कृशल मोक्तान, अमित तामाटा, विशाल केसी
डिफेन्डर्स: विवेक गुरुङ, विशाल नेपाली, लाहन सुब्बा, निगम लामा, राम थापा, शंकर थारु, सिमन्त थापा
मिडफिल्डर्स: अभिषेक सेङ्ताङ, आयुष घलान, एरन थापा, निराज कार्की, दिपेश गुरुङ, कृतिश रत्न चुन्जु, पुजन थापा, सञ्जीव लामा, सन्तोष खत्री, सुजन मगर, सुमित श्रेष्ठ
फरवार्डस: रोहन खड्गी, निराजन धामी
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि