News
महिला लिग छ्नौटमा अरएस रिसोर्टको साँघुरो जित
काठमाडौं । एन्फा महिला लिग छ्नौट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा आरएस रिसोर्ट एन्द बिच फुटबलले पनि विजयी शुरुवात गरेको छ ।
छ्नौट प्रतियोगिताको समूह ए तर्फको खेलमा आरएस रिसोर्टले राप्ती फुटबल क्लबलाई १-० को साँघुरो अन्तरले हराउँदै विजयी शुरुवात गरेको हो ।
एन्फा कम्प्लेक्समा भएको खेलमा आरएस रिसोर्टका लागि इशा चौधरीले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा शुरु छनौट प्रतियोगितामा कुल १४ टोलीहरु सहभागि छन् । छनौट प्रतियोगिताबाट कुल पाँच टोलीहरु एन्फा महिला लिगका लागि छनौट हुनेछन् ।
Post Comments
Related News
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा