News इंग्लिस प्रिमियर लिग अब नेपाली च्यानलबाटै प्रत्यक्ष प्रसारण हुने
गोलनेपाल

काठमाडौं । कान्तिपुर म्याक्स टेलिभिजनले यो वर्षको चर्चित इंग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलका खेलहरु प्रत्यक्ष प्रसारण गर्ने भएको छ । डिफेन्डिङ च्याम्पियन लिभरपुल र बर्नमाउथ बीच शुक्रबार राती हुने खेलबाट यो सिजनको प्रिमियर लिग सुरु हुदैंछ ।

कान्तिपुर मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत महेश स्वाँरले विश्वको सवैभन्दा लोकप्रिय लिग कान्तिपुरमा प्रत्यक्ष प्रसारण गर्न लागिएको बताए । नेपाली टेलिभिजनमा पहिलो पटक प्रिमियर लिगका खेलहरु प्रत्यक्ष प्रसारण हुन लागेको हो ।

कान्तिपुर टेलिभिजनले हालै मात्र इन्डियन प्रिमियर लिग क्रिकेट र विम्बल्डन टेनिसको खेल पनि प्रत्यक्ष प्रसारण गरेको थियो । ‘कान्तिपुर म्याक्सले आफ्नो दायरा बढाउदै गएको छ, त्यसमा अहिले विश्वको सवैभन्दा ठुलो लिगको प्रत्यक्ष प्रसारण थपिएको छ,’ स्वाँरले भने ।

कान्तिपुरले ईपीएलका खेलहरु ईकान्पिुरको एप, कान्तिपुर टेलिभिजनको एप, कान्तिपुर टिभी डटकम र अव आउन लागेको कान्तिपुर म्याक्सको एपबाट प्रत्यक्ष प्रसारण गरिने जनाएको छ ।

सन् १८८८ देखि इंग्ल्यान्डमा माथिल्लो डिभिजनको फुटबल सुरु भएको थियो । सन् १९९२ देखि यो इंग्लिस प्रिमियर लिगको नामले आयोजना भइरहेको छ । कान्तिपुर टिभीले प्रिमियर लिग आयोजना गर्न युनिलिभर नेपाल लिमिटेडस“ग सम्झौता पनि गरेको छ ।

कान्तिपुर मिडिया ग्रुपका बिजनेस हेड सागर केसी र युनिलिभरका प्रमुख फाइनान्स अफिसर आयुष शर्माले सम्झौतामा हस्ताक्षर गरेका छन् । युनिलिभरको केयर स्यँम्पु कान्तिपुरमा देखाईने प्रिमियर लिगमा प्रमुख प्रायोजकको रुपमा रहने छ । युनिलिभरका प्रवन्ध निर्देशक अल्मान मुखर्जीले केयर स्याम्पु महिला विश्वकप फुटबलमा आवद्ध रहेको र पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो यसको ब्रान्ड एम्बासडर रहेका छन् ।

नेपालमा क्लियर ल्याउन लागेको र ईपीएल कान्तिपुरमा आउन लागेको एकै समय भएकाले दुबै पक्षलाई फाइदा पुगेको जनाए । भारतको जनसंख्या भन्दा बढिले विश्वमा ईपीएल हेर्ने गरेको तथ्याङ प्रस्तुत गर्दै एसिया प्यासिफिक क्षेत्रमा यसको लोकप्रियता अझ बढिरहेको जनाए ।

Post Comments