News युइएफए महिला युरोः स्पेनसँगै इटाली पनि क्वाटरफाइनलमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । स्वीजरल्याण्डमा जारी प्रतिष्ठित युइएफए महिला युरो च्याम्पियनसिपतर्फ समूह बी बाट क्वाटरफाइनल प्रवेश गर्ने दुई टोलीहरुको पनि टुंगो लागेको छ । समूह बी मा शतप्रतिशत जित निकालेको स्पेनसँगै इटाली क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

समूह चरणतर्फ अन्तिम खेलमा स्पेनले इटालीमाथि ३–१ को जित निकाल्यो । सोही समूहको अर्को खेलमा बेल्जियमले पोर्चुगललाई २–१ ले पराजित गर्यो । समूह बी बाट पोर्चुगलको पनि क्वाटरफाइनल प्रवेश गर्ने सम्भावना थियो । तर, बेल्जियमसँग हार बेहोरेपछि त्यसको फाईदा इटालीले लियो ।

समूह बी को अन्तिम खेलको नतिजासँगै ३ खेलबाट ९ अंक जोडेको स्पेन शिर्ष स्थानमा रह्यो र समूह विजेताका रुपमा क्वाटरफाइनल प्रवेश गर्यो । त्यस्तै ४ अंक जोडेको इटाली समूह उपविजेताका रुपमा क्वाटरफाइनल प्रवेश गर्यो । त्यसैगरी ३ अंक जोडेको बेल्जियम र १ अंक जोडेको पोर्चुगल भने समूह चरणबाटै बाहिरिए ।

 

Post Comments