News सिमरिया च्यालेञ्ज कपः मधेशा क्वाटरफाइनलमा
गोलनेपाल

दुहबी । मधेशा युवा क्लब, इनरुवा, सुनसरी यहाँ जारी सिमरिया च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेृको छ ।

प्रतियोगिताको प्रिक्वाटरफाइनलतर्फ मधेशाले गोल्डेन स्टार युथ क्लब, भलुवा, सुनसरीलाई २–१ ले हराउँदै अन्तिम आठमा स्थान बनाउन सफल भएको हो ।

सिमरिया स्थित जनता माविको खेलमैदानमा भएको खेलमा मधेशाका लागि दुवै गोल निवेश फुयालले गरे । उता पराजित गोल्डेन स्टारका लागि भने सुजन सरदारले एक मात्र गोल गरेका थिए । खेलमा मधेशाका निवेश फुयाल प्लेयर अफ दि म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत असार २५ गतेको खेल पहिलो क्वाटरफाइनल खेल आयोजक संयुक्त युवा क्लब, सिमरिया, सुनसरी र जनचेतना युवा क्लब, रामधुनी, सुनसरीबीच हुने आयोजकले जानकारी दियो ।

संयुक्त युवा क्लब, दुहबी–१०, सिमरियाको आयोजना तथा दुहबी नगरपालिका वार्ड नम्बर १० को कार्यालयको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३१ हजार हात पार्नेछ भने उपविजेताले २१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असार ३२ गतेका दिन हुनेछ ।

 

Post Comments