News दाजुभाई एफसीलाई तेस्रो मकवानपुरगढी कपको उपाधि
बिक्रम बानियाँ क्षेत्री

मकवानपुरगढी । शहीद रुद्र पाखिन, वासुदेव घिमिरेको स्मृतिमा सम्पन्न तेस्रो मकवानपुरगढी कप खुल्ला ८ ए साइड फुटबल प्रतियोगिताको उपाधी दाजुभाई एफसीले जितेको छ ।

मकवानपुरगढी गाउँपालिका–२ को कुर्लेदमारको खेलमैदानमा बुधबार भएको फाईनल खेलमा दाजु भाईले सिमलटार एफसीलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गरि उपाधी जितेको हो । निर्धारित समयमा दुबै टोलीबाट गोल हुन नसकेपछी खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिईएको थियो ।

उपाधी जितेको दाजुभाईले शिल्ड सहित नगद पचहत्तर हजार प्राप्त गरेको छ भने उपबिजेता बनेको सिमलटार एफसीले चालिस हजार सहित ट्रफी, मेडलमा चित्त बुझाउन बाध्य बनेको छ ।

उत्कृष्ट खेल प्रदर्शन गरेका दाजुभाईका सुजन बल फाइनल खेलको म्यान अफ द म्याच घोषित भए । उनले नगद तिन हजार सहित ट्रफि हात पारे । फाईनल खेलको म्यान अफ द म्याचलाई मकवानपुरगढी गाउँपालिका खेलकुद बिकास समितिका सदस्य एवम समाजसेवी बिक्रम योन्जनले पुरस्कृत गरेका थिए ।

अन्य विधागततर्फ उत्कृष्ट गोलकिपर सिमलटारका आयुष गोले बन्दा उत्कृष्ट डिफेन्डर सिमलटार कै प्रितम स्याङ्बो चुनिए । उत्कृष्ट मिडफिल्डर दाजुभाईका शुभराज गोले बन्दा उत्कृष्ट स्ट्राईकर दाजुभाईका समिरराज थोकर बने । त्यसैगरी उत्कृष्ट प्रशिक्षक दाजुभाईका राज स्याङतान चुनिए । त्यसैगरी प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी दाजुभाईका सामुएल सुनार घोषित भए ।

मकवानपुरगढी गाउँपालिकाको कार्यालयको आयोजनामा भएको प्रतियोगिताको सह–आयोजकको रूपमा दाजुभाई एफसी मकवानपुर र खेलकुद विकास समिति मकवानपुरगढीको सक्रिय भूमिका रहेको थियो ।

 

Post Comments