
काठमाडौं । मनाङको साता दिन लामो अल्टिच्युड अभ्यास पछि नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले दशरथ रंगशालामा नियमित अभ्यास र प्रशिक्षण शुरु गरेको छ ।
म्याट रोसको मुख्य प्रशिक्षणमा रहेको राष्ट्रिय पुरुष फुटबल टोलीले आउँदो जुन ५ तारीखका दिन हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्दैछ भने जुन १० तारीखका दिन एएफसी एसियन कप छनौटतर्फ लाओससँगको महत्वपूर्ण म्याच खेल्ने कार्यक्रम छ ।
बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुः
अभिषेक लिम्बू, अमृत श्रेष्ठ, अनन्त तामाङ, अञ्जन विष्ट, एञ्जल श्रेष्ठ, एरिक विष्ट, आयुष घलान, विमल पाण्डे, विशाल सुनार (गोलकिपर), दीप कार्की (गोलकिपर), जेलेस्पीजंग कार्की, किरण चेम्जोङ (गोलकिपर), कृतिशरत्न छुन्जु, कार्की, कुशल देउवा, दीप कार्की (गोलकिपर), लाकेन लिम्बू, मणिकुमार लामा, मनिष डाँगी, नीरजन धामी, रोहन कार्की, रोहित चन्द, सनिश श्रेष्ठ, सन्तोष खत्री, सृजन राज, सुदीप गुरुङ, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, सुरजजिउ ठकुरी, सुवास ठकुरी बम, योगेश गुरुङ ।
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न