News
सुनसरीमा यु–२० महिला खेलाडी छनौट शुरु
धरान । दक्षिण एसियाली फुटबल संघ (साफ)को कार्यक्रम अनुसार मित्र राष्ट्र बाङ्गलादेशमा आयोजना हुने साफ यु–२० महिला च्याम्पियनसिपका लागि नेपाली यु–२० महिला फुटबल टोली तयार पार्ने जिल्लास्तरीय छनौट कार्यक्रम अनुसार सुनसरीमा खेलाडी छनौट कार्यक्रम शुरु भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा जानकारी प्राप्त भए अनुसार सुनसरी जिल्लाको एन्फा एकेडेमी धरानमा छनौट कार्यक्रम शुरु भएको हो । कोशी प्रदेश फुटबल संघका अध्यक्ष श्री किसोर राईले एक कार्यक्रमका बीच प्रशिक्षकद्वय मिन बस्नेत र किरन कार्कीलाई बल हस्तान्तरण गर्दै खेलाडी छनौट कार्यक्रमको शुरुवात गरे ।
स्मरण रहोस, आउँदो जुलाई ११ देखि २१ तारीखसम्म बंगलादेशको ढाकामा साफ यु–२० महिला च्याम्पियनसिप हुने तय भईसकेको छ । प्रतियोगितामा दक्षिण एसियाका सातै टोलीहरुले सहभागिता जनाउने सम्भावना पनि छ ।
Post Comments
Related News
- एन्फा महासचिव किरण राई र अध्यक्ष पंकज नेम्वाङलाई मेक्सिको जान रोक, राईले जनाए आपत्ति
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- सैपाल युथ क्लबको ऐतिहासिक फाइनल यात्रा, १४ जीआर एफसीलाई हराउँदै उपाधि नजिक
- १४ जीआर एफसी सेमिफाइनलमा प्रवेश
- बुटवलमा जारी दोस्रो उपमेयर कप महिला फुटबल प्रतियोगितामा सङ्कटाको फराकिलो जित