News
रेलिगेशनबाट जोगिए श्री कुमारी र ब्रिगेड
काठमाडौं । शहिद स्मारक बी डिभिजन लिगतर्फ आ–आफ्नो खेलहरुमा महत्वपूर्ण जित निकाल्दै ब्रिगेड ब्वाईज क्लब र श्री कुमारी क्लब रेलिगेशनबाट जोगिएका छन् ।
सोमबार भएको पहिलो खेलमा ब्रिगेड ब्वाईजले च्यासल युथ क्लबमाथि ४–१ को जित निकाल्यो । ब्रिगेडको जितमा मुकुन्द निउरेले ह्याट्रिक गर्दा थप एक गोल रोमन श्रेष्ठले गरे । पराजित च्यासलका लागि भने कमल थिङले एक मात्र गोल फर्काएका थिए ।
उता श्री कुमारीले सरस्वती युथ क्लबलाई २–० ले पराजित गर्यो । श्री कुमारीको जितमा यमन महर्जन र मौसम राईले गोल गरे । यो जितपछि १५ अंक जोडेको ब्रिगेड ब्वाईज सातौं स्थानमा रहँदा १२ खेलबाट १६ अंक जोडेको श्री कुमारी तत्कालका लागि छैटौं स्थानमा रह्यो । उता ब्रिगेड ब्वाईजसँग हारेको च्यासल नवौं स्थानमा रहँदा सरस्वती दशौं स्थानमा छ ।
Post Comments
Related News
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि