News सुनवल–८ फाइनलमा, उपाधिका लागि सुनवल–३ सँग भिड्ने
सुरज राना मगर

सुनवल । सुनवल–८ यहाँ जारी आठौं सुनवल मेयर कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।

आइतबार भएको दोस्रो सेमिफाइनलमा सुनवल–८ ले घरेलु टोली सुनवल–७ माथि शून्यका विरुद्ध १ गोलको झिनो अन्तरको जित निकाल्दै उपाधि नजिक पुग्न सफल भएको हो ।

सुनवल–८ को जितमा सोनम तामाङले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो । निर्णायक गोलकर्ता सुनवल–८ का सोनम तामाङ नै खेलको म्यान अफ दि म्याच चुनिए ।

प्रतियोगिता अन्र्तगत अब जेठ ६ गते हुने फाइनलमा सुनवल–८ ले सुनवल–३ सँग उपाधिका लागि भिड्ने खेल संयोजक प्रकाश बाह्रघरे मगरले जानकारी दिए । । सुनवल–३ ले पहिलो सेमिफाइनलमा सुनवल–१३ लाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

नवल नगरपालिका, नवलपरासीको आयोजना तथा आठौं मेयर कप सञ्चालन एवम् व्यवस्थापन समितिको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ९० हजार प्राप्त गर्नेछ ।

 

Post Comments