पाराग्वेको जित, टर्की बाहिरियो
गोलनेपाल

काठमाडौं (एजेन्सी) । फिफा विश्वकपको अप्रत्याशित नतिजाका रुपमा सन २००२ को विश्वकपमा तेस्रो स्थान हासिल गरेको टोली टर्की लगातार दुई हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ ।

समूह डी तर्फ आफ्नो पहिलो खेलमा अष्ट्रेलियासँग हारेको टर्कीले शनिबार आफ्नो दोस्रो खेलमा पाराग्वेसँग १-० ले स्तब्ध बन्न पुग्यो । पाराग्वेले भने आफ्नो पहिलो खेलमा अमेरिकासँग हार बेहोरेको थियो ।

यो नतिजापछी दुई खेलबाट अंकविहीन टर्की पुछारमा छ र एक खेल अघि नै समूह चरणबाटै बाहिरिएको छ । पारग्वेको भने ३ अंक छ र तेस्रो स्थान छ । उसको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना पनि कायम छ ।

समूह डी कै अर्को खेलमा आयोजक अमेरिकाले अष्ट्रेलियालाई २-० ले हराउँदै ६ अंकका साथ शिर्ष स्थानमा रहेर नकआउट चरणमा प्रवेश गरेको छ । अष्ट्रेलिया भने ३ अंकका साथ दोस्रो स्थानमा छ ।

समूह चरणको अन्तिम खेलमा अब २५ जुनका दिन टर्कीले अमेरिकासँग खेल्नेछ भने सोही दिन पाराग्वेले अष्ट्रेलियाको सामना गर्नेछ

 

Post Comments