International चेक रिपब्लिक र दक्षिण अफ्रिकाको बराबरी
गोलनेपाल

काठमाडौ (एजेन्सी) । आफ्नो पहिलो खेलमा हार बेहोरेका दुई टोलीहरु चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बिहीबार राती समूह ए तर्फको दोस्रो चरणको खेलमा १-१ गोलको बराबरी खेलेका छ्न ।

खेलको छैटौं मिनेटमै मिचेल सडिलेकको गोलबाट अग्रता बनाएको चेक रिपब्लिकले त्यो अग्रता अन्तिमतिर गुमाउन पुग्यो । खेलको ८३औं मिनेटमा टेबोहो मोकोनाले दक्षिण अफ्रिकाका लागि पेनाल्टीबाट गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

स्मरण रहोस, दक्षिण अफ्रिकाले आफ्नो पहिलो खेलमा आयोजक मेक्सिकोसँग २-० को हार बेहोरेको थियो भने चेक रिपब्लिकले दक्षिण कोरियासँग २-१ को पराजय भोगेको थियो ।

यो नतिजापछि दुई खेलबाट १-१ अंक जोडेका दक्षिण अफ्रिका र चेक रिपब्लिकको नकआउट चरणमा पुग्न्ने झिनो सम्भावना भने कायम नै छ । समूह चरणको अन्तिम खेलमा अब जुन २४ तारीखका दिन दक्षिण अफ्रिकाले दक्षिण कोरियाको सामना गर्नेछ भने चेक रिपब्लिकले मेक्सिकोसँग खेल्नेछ ।

समूह ए कै अर्को खेलमा मेक्सिको र दक्षिण कोरिया शुक्रबार बिहान खेल्ने कार्यक्रम रहेको छ । दुवैको खातामा समान १/१ खेलबाट ३/३ अंक छ ।

Post Comments