Province 3 जर्मनी र आइभरीकोस्टको जित
गोलनेपाल

काठमाडौं (एजेन्सी) । फिफा विश्वकप २०२६ को समूह ई तर्फ दावेदार टोली मध्ये एक जर्मनीले एकतर्फी जित हात पार्दा सोही समूहको अर्को टोली आइभरीकोस्टले पनि जित दर्ता गरेको छ ।

समूह ई को पहिलो खेलमा चारपल्टको विजेता जर्मनीले पहिलोपटक सहभागिता जनाईरहेको टापु राष्ट्र कुरासाओलाई ७–१ को फराकिलो अन्तरले हरायो । त्यस्तै समूह ई कै अर्को खेलमा अफ्रिकी राष्ट्र आइभरीकोस्टले इक्वेडरलाई १–० को पराजित गर्दै विश्वकपमा विजयी शुरुवात गर्यो ।

समूह ई तर्फ आफनो दोस्रो खेलमा जर्मनीले २० जुनका दिन आइभरीकोस्टको सामना गर्नेछ भने सोही दिन इक्वेडरले कुरासाओसँग खेल्ने कार्यक्रम रहेको छ ।

 

Post Comments