South Asia पाँचौं हेटौडा मेयर कपको तयारी पूरा (खेलतालिकासहित)
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । हेटौडा उपमहानगरपालिका नगर खेलकुद विकास समिति, मकवानपुरको आयोजनामा हुन गईरहेको पाँचौं हेटौडा मेयर कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

हेटौडा स्थित पिप्ले क्याम्पा रंगशालामा हुने प्रतियोगिताको खेलतालिका समेत सार्वजनिक गरिएको छ । उद्घाटन खेलमा हेटौडा ४ र हेटौडा ११ भिड्ने छन् । कुल १९ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल जेठ १३ गतेका दिन हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधिहित नगद २ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

त्यस्तै प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपालले सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।

Post Comments