News हाम्रो धरान भेट्रान्स फाइनलमा प्रवेश
गोलनेपाल

विराटनगर । हाम्रो धरान भेट्रान्स, सुनसरी यहाँ जारी तेस्रो मिल्स भेट्रान्स गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।

पहिलो सेमिफाइनलतर्फ हाम्रो धरानले पथरी शनिश्चरे भेट्रान्स, मोरङलाई टाईब्रेकरमा हराउँदै उपाधि नजिक पुगेको हो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएपछि टाईब्रेकरमा हाम्रो धरान भेट्रान् ३–१ ले विजयी बन्यो ।

खेलमा हाम्रो धरान भेट्रान्सका गोलरक्षक बिकास लामा घोषित भए । प्रतियोगिता अन्तर्गत जेठ १ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल आयोजक मिल्स भेट्रान्स क्लब, बिराटनगर र विराट भेट्रान्स क्लब, सुन्दरहरैचाबीच हुने आयोजकले जानकारी दियो ।

मिल्स भेट्रान्स क्लब, बिराटनगर, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७५ हजार हात पार्नेछ भने उपविजेताले ३५ हजार प्राप्त गर्नेछ । फाइनल खेल जेठ ३ गतेका दिन हुनेछ ।

Post Comments