News
आठौं सुनवल मेयर कपः सुनवल ७ सेमिफाइनलमा प्रवेश

सुनवल । घरेलु टोली सुनवल ७ यहाँ जारी आठौं सुनवल मेयर कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सुनवल ७ ले सुनवल २ माथि २–० को जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेको हो ।
सुनवल ७ स्थित स्थानीय खेलमैदानमा भएको खेलमा सुनवल ७ का लागि रोहित राना र समिर घर्तीले गोल गरे । सुनवल ७ कै रोहित राना म्यान अफ दि म्याच समेत घोषित भए ।
प्रतियोगिता अन्तर्गत बैशाख ३० गते मंगलबारको तेस्रो क्वाटरफाइनल खेल सुनवल १२ र सुनवल ३ बीच हुने खेल संयोजक प्रकाश बाह्रघरेले जानकारी दिए ।
सुनवल नगरपालिका, नवलपरासीको आयोजना तथा आठौं मेयर कप सञ्चालन एवम् व्यवस्थापन समितिको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ९० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल आउँदो जेठ ४ गतेका दिन हुनेछ ।
Post Comments