News साफ यु–१९ च्याम्पियनसिप शुरु, बंगलादेश रोकियो
गोलनेपाल

काठमाडौं । शुक्रबारदेखि भारतमा शुरु भएको साफ यु–१९ च्याम्पियनसिपतर्फ प्रतियोगिताको बलिया े प्रत्याशी आँकिएको बंगलादेश बराबरीमा रोकिएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा समूह ए तर्फ बंगलादेश र माल्दिभ्सले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे । स्पष्ट दुई गोलको अग्रता जोगाउन नसक्दा बंगलादेश रोकिन पुग्यो ।

खेलको १३ औं मिनटमा नजमुल फैजलको गोलबाट बंगलादेशले खेलमा अग्रता लिएको थियो । ४५औं मिनटमा मोहम्मद रिफात जाजीलेले बंगलादेशको अग्रता दोब्बर पारे ।

तर, दोस्रो हाफमा माल्दिभ्स खेलमा फर्कियो । ५७औं मिनटमा अनुफ अब्दुलाले माल्दिभ्सका लागि पहिलो गोल फर्काए भने ७३औं मिनटमा इथान इब्राहिमले दोस्रो गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

समूह चरणको अन्तिम खेलमा यी दुवै टोलीले भुटानको सामना गर्नेछ । समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । समूह बी तर्फ आयोजक भारतसँगै नेपाल र श्रीलंका रहेका छन् ।

 

Post Comments