News
प्लानिङ ब्वाईज र श्री भगवतीको बराबरी
काठमाडौं । शहिद स्मारक बी डिभिजन लिगतर्फ शिर्ष स्थानको टोली प्लानिङ ब्वाईज युनाइटेड बराबरीमा रोकिन पुगेको छ । बिहीबार सम्पन्न दोस्रो खेलमा प्लानिङ ब्वाईजले दोस्रो स्थानको टोली श्री भगवती क्लबसँग १–१ को बराबरीमा रोकिन पुगेको हो ।
एन्फा कम्प्लेक्समा भएको खेलमा प्लानिङ ब्वाईजका लागि फागुराम थारुले गोल गरे भने श्री भगवतीका लागि उज्ज्वल राईले गोल गरेका थिए । यो नतिजापछि १० खेलबाट २४ अंक जोडेको प्लानिङ ब्वाईज शिर्ष स्थानमा यथावत रहँदा २२ अंकका साथ श्री भगवती दोस्रो स्थानमा छ ।
Post Comments
Related News
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने