भैरहवा । देवदह ब्वाईज, देवदह जारी ३०औं माछापुच्छ्रे कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको दोस्रो सेमिफाइनलमा देवदहले न्यु सृजना युवा क्लब, करौजियालाई ४–१ ले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो ।
पक्लिहवा कृषि क्याम्पसको खेलमैदानमा भएको खेलमा देवदहका लागि कप्तान नर थापाले दुई गोल गर्दा अरुण चौधरी र मिलन आलेले थप एक–एक गोल गरे । उता पराजित न्यु सृजनाका लागि भने हिमाल थापाले गोल गरेका थिए । खेलमा दुई गोल गरेका देवदहका नर थापा म्यान अफ दि म्याच समेत घोषित भए । देवदहले अब यही चैत्र २८ गते बिहीबार हुने फाइनलमा उपाधिका लागि फर्साटिकर युवा क्लब, फर्साटिकरसँग भिड्नेछ ।
माछापुच्छ्रे क्लब, सिद्धार्थनगर–२ रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने क्लबका अध्यक्ष युवराज थापाले बताए ।
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने