
फेदाप । रामनवमी मेला तथा धनलक्ष्मी रनिङ शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार पनि चार प्रिक्वाटरफाइनल खेलहरु सम्पन्न भएका छन् । दिनको पहिलो खेलमा वाकओभर पाउँदै जिरीखिम्ती क्लब क्वाटरफाइनलमा प्रवेश गर्यो ।
दोस्रो खेलमा मकालु फ्रेण्डसले सम्दु एफसीलाई २–० ले हराउँदै क्वाटरफाइनल यात्रा तय गर्यो । मकालुका लागि गगन गजुरेल र रोशन माझीले गोल गरे । खेलको म्यान अफ दि म्याच पनि मकालुका रोशन माझी चुनिए ।
तेस्रो खेलमा थ्रीस्टार एफसीले म्याङलुङ स्पोर्टस क्लबलाई ४–१ ले पराजित गर्यो । थ्रीस्टारका लागि अर्जुन लिम्बुले ह्याट्रिक गरे भने अजय विष्टले थप एक गोल गरे । पराजित म्याङलुङका लागि दर्शन लिम्बुले एक मात्र सान्त्वना गोल फर्काए । खेलमा ह्याट्रिक गरेका थ्रीस्टारका अर्जुन लिम्बु म्यान अफ दि म्याच बने ।
त्यस्तै चौथो खेलमा बीबीसी म्याङलुङले हल्दीबारी एफसीलाई ५–० को फराकिलो अन्तरले हरायो । खेलमा बीबीसीका लागि सेसे लिम्बुले चार गोल गरे भने सन्तोष लिम्बुले थप एक गोल गरे । खेलमा चार गोल गरेका बीबीसीका सेसे लिम्बु म्यान अफ दि म्याच चुनिए ।
- तेह्रथुमकी सेमिहाङमा साफ गेम खेल्न बंगालादेश जॉदै
- केलाङ मेला तेह्रथुमको उपाधि चुलाचुली स्पोर्टिङ क्लब दमक झापालाई
- केलाङ मेला तेह्रथुमः उपाधिका लागि चुलाचुली र सम्दुको भिडन्त पक्का
- चुलाचुली स्पोर्टिङ झापा तेह्रथुममा जारी केलाङ मेलाको उपाधि नजिक
- तेह्रथुम जलजलेः सेमिफाइनल खेल्ने चार टोलीकै टुङगो लाग्यो