News
अन्नपूर्ण आरसीटीमा नयाँ नेतृत्व

अन्नपूर्ण आरसीटीले शनिबार राजेश श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
सहिद स्मारक लिग ए डिभिजनको छ पल्टको विजेता अन्नपूर्ण आरसीटीको चुनावी साधारण सभाले उपाध्यक्षमा कुमार राजभण्डारी र नरेन्द्रबहादुर श्रेष्ठ, सचिवमा रजेन्द्रप्रसाद श्रेष्ठ, सहसचिवमा अशोक मानन्धर तथा कोषाध्यक्षमा नरेश बैद्य निर्विरोध चिर्वाचित गरेको हो ।
यस्तै मतदान प्रक्रियाबाट छ सदस्य चुनिएका छन् । त्यसमा रविन महर्जन, चंगेजलाल श्रेष्ठ, यज्ञरत्न तुलाधर, दिनेश श्रेष्ठ, अमूल्य मानन्धर र रामचन्द्र श्रेष्ठ रहेका छन् । क्लब सदस्य १ सय ९६ रहेकोमा कुल १ सय ६० मत खसेको थियो ।
नवनिर्वाचित श्रेष्ठ अन्नपूर्ण आरसीटीका छैटौं अध्यक्ष रहेका छन् ।
Post Comments
Related News
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय