
तुम्बेवा । पॉचथरको तुम्बेवा गाउँपालिकाको केन्द्र मौवामा सम्पन्न तेस्रो तुम्बेवा गाउँपालिका अध्यक्ष कप खुल्ला पुरूष फुटबलको उपाधि आयोजक तुम्बेवा बि ले हात पारेको छ ।
सोमबार इन्द्रेणि माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न फाइनल खेलमा कुम्मायक स्पोर्टिङ क्लबलाई शुन्यका विरूद्ध एक गोलले पराजित गर्दै आयोजकले उपाधि चुमेको हो । उपाधिसंगै तुम्बेवाले २ लाख २ हजार २२२ सहित ट्रफि प्राप्त गर्यो भने उपविजेता कुम्मायकले १ लाख १ हजार १११ मा चित्त बुझायो ।
वडा स्तरीय महिला फुटबलको उपाधि वडा नं ५ हाङगुमलाइ
त्यस्तै प्रथम तुम्बेवा महोत्सवको अवसरमा आयोजित वडा स्तरीय महिला फुटबलको उपाधि वडा नं ५ हाङगुमले हात पारेको छ । सोमबार नै सम्पन्न फाइनलमा वडा न ३ मौवालाई शुन्यका विरूद्ध दुइ गोलले पराजित गर्दै हाङगुमले उपाधि चुमेको हो । उपाधि संगै हाङगुमले ३३ हजार र उपविजेता मौवाले १६ हजार प्राप्त गर्यो ।
फागुन २७ गते देखि शुरू तुम्बेवा महोत्सव तथा तेस्रो पालिका अध्यक्ष कप चैत्र ४ गते भव्य रूपमा सम्पन्न भएको तुम्बेवा गाउँपालिका अध्यक्ष बाबुराम खडकाले जानकारी दिए ।
- तेह्रथुम जलजलेः सेमिफाइनल खेल्ने चार टोलीकै टुङगो लाग्यो
- आयोजक मुनाल र जि.सि २२ सेमिफाइनलमा
- तेह्रथुमको जलजलेमा केलाङ मेला खुल्ला पुरूष तथा महिला फुटबल प्रतियोगिता शुरू
- तेह्रथुमको जलजलेमा बैशाख २३ देखि खुल्ला पुरूष तथा महिला फुटबल प्रतियोगिता हुने
- मदन मेलाको उपाधिःपुरूष तर्फ सोधुङ सेन्दाङ र महिला तर्फ म्याङलुङ स्पोर्टिङलाई