News
दोस्रो ओएसिस महिला गोल्डकपको खेलतालिका सार्वजनिक
इलाम । क्लब ओएसिस, इलामको आयोजनामा हुन गईरहेको दोस्रो ओएसिस महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ ।
ठुलो टुडिंखेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा फागुन १७ गतेका दिन आयोजक क्लब ओएसिस, इलाम र पदमा स्र्पोटिङ क्लब, ओखलढुङ्गा भिड्ने छन् । नेपाल र भारतका गरी कुल आठ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल फागुन २४ गतेका दिन हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ । स्मरण रहोस, प्रतियोगिताको पहिलो संस्करण मानेभञ्ज्याङ फुटबल क्लब, भारतले जितेको थियो ।
करेन्ट चाउचाउ मुख्य प्रायोजक रहेको प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपालले सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।
Post Comments
Related News
- मझिया स्मृति कप महिला फुटबल : पदमा स्पोर्ट्सको ७–० को शानदार जित, सिम्रनको चार गोल
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु
- होराइजन र कान्ति फाइनलमा भिड्ने
- होराइजन, सुनगाभा, ग्यालेक्सी र कान्ति सेमिफाइनलमा