News
राष्ट्रिय फुटबल टोलीका कप्तान किरण सम्मानित

काठमाडौं । चुच्चेपाटीस्थित मनास्लु वल्र्ड कलेजले राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार चेम्जोङ लिम्बूलाईसम्मान गरेको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा खेल क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै किरणलाई मनास्लु खेलाडी सम्मान– २०८१ बाट सम्मान गरिएको हो ।
सोही अवसरमा मनास्लुले विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई पनि सम्मान गरेको थियो । राजेन्द्र बानियाँलाई मनास्लु सञ्चारकर्मी सम्मान, अनुराधा कोइरालालाई मनास्लु समाजसेवी सम्मान र प्रा.डा. बालचन्द्र लुईटेललाई मनास्लु शिक्षासेवी सम्मानबाट सम्मानित गर्यो ।
उनीहरुलाई उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, मनास्लुका अध्यक्ष गेन्द्र लामा, मनास्लुका प्रिन्सिपल राजन श्रेष्ठलगायतले दोसल्ला र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै