काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले त्रिभुवन आर्मी फुटबल क्लबलाई बुधबार एका कार्यक्रमका बीच एएफसी क्लब लाइसेन्स सर्टिफिकेट हस्तान्तरण गरेको छ ।
स्मरण रहोस, आर्मीले गत साता मात्र क्लब लाइसेन्सका लागि चाहिने एएफसीको सबै मापदण्ड पूरा गरेपछि एएफसी क्लब लाइसेन्स हात पार्न सफल भएको थियो । त्यसपश्चात आर्मीको नाम पनि त्रिभुवन आर्मी फुटबल क्लब राखिएको थियो ।
बुधबार एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाल आर्मीका सेना प्रमुख जनरल पुर्ण चन्द्र थापालाई एक कार्यक्रमका बीच एएफसी क्लब लाइसेन्स सर्टिफिकेट हस्तान्तरण गरे ।
आर्मीले एएफसी कप खेल्ने
गत सिजन शहिद स्मारक ए डिभिजन लिगको उपविजेता आर्मीले २०२१ को प्रतिष्ठित एएफसी कप खेल्नेछ । लिग विजेता मच्छिन्द्रले फुटबल एएफसी क्लब लाइसेन्स प्राप्त नगरेकाले लिगको उपविजेता बनेको आर्मीले एएफसी कपमा नेपालको प्रतिनिधित्व गर्ने पक्का भएको हो ।
स्मरण रहोस, नेपालमा एएफसी क्लब लाइसेन्स हात पार्ने आर्मी पहिलो टोली समेत हो । यसअघि नेपालका १३ क्लबहरुसँग एएफसी क्लब लाइसेन्स थिएन । क्लब लाइसेन्स नहुँदा एएफसीले नेपाली क्लबहरुलाई आफ्नो आधिकारिक प्रतियोगितामा सहभागिता जनाउनबाट समेत बन्देज लगाएको थियो ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै