News
मेचीनगर नगरपालिका अन्तरपालिका महिला फुटबलको सेमिफाइनलमा प्रवेश

बिर्तामोड । झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको तेस्रो क्वाटर फाइनलमा कमल गाउँपालिकालाई ३-० ले पराजित गर्दै मेचि नगर नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ ।
डोमलाल राजवंशी रंगशालामा सम्पन्न खेलमा मेचिनगरको जितका लागि वर्षा ओलीले दुई र नयन राईले एक गोल गरिन । मेचिनगर नगरपालिकाले सेमिफाइनल प्रवेश गर्दै कन्काइ नगरपालिकासंगको भेट पक्का गरेको छ । खेलको प्लेयर अफ दी म्याच मेचिनगरकी वर्षा ओली घोषित हुँदै नगद ५ हजार पाउन सफल भइन् ।
भोलि (बिहीबार) शिवसताक्षी नगरपालिकाले भद्रपुर नगरपालिकासंग अन्तिम क्वाटरफाइनल खेल खेल्नेछ । फागुन ५ गते हुने फाइनल खेलको विजेताले नगद ३ लाखसहित आकर्षक ट्रफी पाउने छ । यस्तै, उपविजेताले नगद १ लाख ५० हजार प्राप्त गर्नेछ ।
Post Comments
Related News
- बगान युथ क्लब बन्यो तेस्रो बुट्टाबारी च्यालेन्ज कप च्याम्पियन
- बगान युथ क्लब तेस्रो बुट्टाबारी च्यालेन्ज कपको फाइनलमा प्रवेश
- आयोजक बुट्टाबारी युनाइटेड तेस्रो बुट्टाबारी च्यालेन्ज कपको फाइनलमा प्रवेश
- बगान युथ क्लब तेस्रो बुट्टाबारी च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश
- रेडहर्स एफसी इलाम तेस्रो बुट्टाबारी च्यालेन्ज कपको सेमीफाइनलमा प्रवेश