News सनसनीपूर्ण जितका साथ समपुर्ण क्वाटरफाइनलमा
सुरज राना मगर

बुटवल । उपाधिको बलियो प्रत्याशी मानिएको अनुभवी फर्साटिकर युवा क्लबलाई झिनो अन्तरले स्तब्ध पार्दै युवा खेलाडीहरुले भरिएको समपुर्ण युवा क्लब जारी लखन कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अन्तिम प्रिक्वाटरफाइनलतर्फ समपुर्णले फर्साटिकरलाई १–० ले स्तब्ध बनायो । समपुर्णको जितमा रोहन केसीले एक मात्र निर्णायक गोल गरे । खेलको म्यान अफ दि म्याच भने समपुर्णका गोलरक्षक राजन राना मगर घोषित भए ।

प्रतियोगिता अन्तर्गत माघ ३० गते बुधबारको पहिलो क्वाटरफाइनल खेल आयोजक लखन ब्रदर्श युथ क्लब (सेतो) र शिवनगर परिवारबीच हुने खेल संयोजक राम थापाले जानकारी दिए ।

लखन ब्रदर्श युथ क्लब, बुटवल–८, सुख्खानगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,५१,५१५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ७५,७५७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक राम थापाले बताए । फाइनल खेल फागुन ७ गतेका दिन हुनेछ ।

Post Comments