News
नेपाल र चीनको युनान युथ फागुन ३ मा भिड्दै

काठमाडौ । चाइनिज नयाँ वर्षको अवसर पारी नेपालमै हुन गईरहेको नेपाली युथ टिम र चीनको युनान युथ क्लब बीचको मैत्रीपूर्ण खेल आउँदो फागुन ३ गते हुने पक्का भएको छ ।
यसअघि नेपाली र चाइनिज टोलीबिच मैत्रीपूर्ण खेल हुने पक्क भए तापनी अन्य जानकारीबारे विस्तृत रुपमा खुलाईएको थिएन । यद्यपि आइतबार एन्फाले आधिकारिक रुपमा उक्त मैत्रीपूर्ण खेलबारे जानकारी गराएको हो ।
एन्फाका अनुसार मैत्रीपूर्ण खेल दशरथ रंगशालामा हुनेछ । खेलको प्राविधिक व्यवस्थापन एन्फाले गर्नेछ भने अन्य आवश्यक व्यवस्थापन चिनियाँ राजदुतावासले गर्नेछ ।
स्मरण रहोस, राजेश शाहीको मुख्य प्रशिक्षकीय जिम्मेवारीमा रहेको नेपालको प्रारम्भिक ४५ सदस्यीय टोली युनान युथसँग खेल्न कै लागि हाल बन्द प्रशिक्षणमा व्यस्त छ । मुख्य प्रशिक्षक शाहीले छिटै नेपाली टोलीको फाइनल स्क्वाड घोषणा गर्ने पनि जानकारी गराएका छन् ।
Post Comments
Related News
- सूर्यविनायकमा ५० हजार क्षमता भएको रंगशाला निर्माण हुने : प्रधानमन्त्री ओली
- प्रधानमन्त्रीद्वारा आज नेसनल हाई परफमेन्स सेन्टरको उद्घाटन हुँदै
- साबित्रासहित १० खेलाडीलाई इन्साइट भिजन स्कुल र राजधानी क्याम्पसको सम्मान
- अवसर पाए विदेशी भन्दा अब्बल छन् नेपाली प्रशिक्षकः अनन्त थापा
- एन्फा युथ लिगः जितको लय मै संकटा