News २४औं आहा! रारा पोखरा गोल्डकपः थ्रीस्टार सेमिफाइनमा
उमेश पुन

पोखरा । संघर्षपुर्ण जितका साथ मोफसलको सफलतम क्लब मध्ये एक थ्रीस्टार क्लब जारी २४औं आहा! रारा पोखरा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको दोस्रो क्वाटरफाइनलतर्फ थ्रीस्टारले अर्को बलियो टोली मच्छिन्द्र फुटबल क्लबलाई टाईब्रेकरमा हरायो । पोखरा रंगशालामा निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो ।

टाईब्रेकरमा भने थ्रीस्टारले मच्छिन्द्रमाथि ४–२ को जित निकाल्दै अन्तिम चारको यात्रा तय गर्यो । खेलमा थ्रीस्टारका दिपेश घले म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत माघ २८ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र चर्च ब्वाईज युनाइटेडबीच हुने आयोजकले जानकारी दियो ।

सहारा क्लब, पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ६ लाख १ हजार प्राप्त गर्नेछ । फाइनल खेल फागुन ३ गतेका दिन हुनेछ ।

Post Comments