News
सनराईजलाई पालडाँडा कपको उपाधि

बर्दघाट । कठिन जितका साथ यहाँ सम्पन्न पालडाँडा कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि सनराईज फुटबल क्लबले जितेको छ । फाइनलमा सनराईजले भैरव फुटबल क्लबलाई टाईब्रेकरमा हराउँदै उपाधि उचालेको हो ।
बर्दघाट–५, पालडाँडा स्थित स्थानीय खेलमैदानमा भएको उपाधि भिडन्तमा निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो । टाईब्रेकरमा भने सनराईजले भैरवमाथि ३–२ को जित निकाल्दै विजेता बन्न सफल भयो ।
सगरमाथा सामुदायिक विकास प्रतिष्ठान, बर्दघाट–५, पालडाँडा, नवलपरासीको आयोजनामा सम्पन्न प्रतियोगिताको विजेता बनेको सनराईजले उपाधिसहित नगद २ लाख १ हजार हात पार्दा उपविजेता भैरवले १ लाख ५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
Post Comments