News
चिनीया टोलीसँग भिड्ने नेपाली युथ टोलीको मुख्य प्रशिक्षकमा शाही नियुक्त

काठमाडौं । चिनीय नयाँ वर्षको अवसर पारी फागुन पहिलो साता हुने नेपालको युथ टोली र चीनको युनान युथ क्लबबीचको मैत्रीपूर्ण फुटबल म्याचका लागि नेपाली टोलीको मुख्य प्रशिक्षकमा राजेश शाही नियुक्त भएका छन् ।
शाहीले शुक्रबार अखिल नेपाल फुटबल संघ –एन्फा) का महासचिव किरन राईले नियुक्तीपत्र हस्तान्तरण गरे । शाहीले आफ्नो नियुक्ति लगतै ४५ खेलाडीहरुलाई बन्द प्रशिक्षणमा समेत बोलाईसकेका छन् ।
त्यस्तै नेपाली टोलीको सहायक प्रशिक्षकमा दिपक भुषाल नियुक्त भएका छन् भने गोलकिपिङ प्रशिक्षकमा सैलेश कर्माचार्य र दिलिप क्षेत्री नियुक्त भएका छन् ।
स्मरण रहोस, नेपाली युथ टोलीले आउँदो फेब्रुअरी १५ (फागुन ३ गते) का दिन चीनको युनान युथ क्लबसँग दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल म्याच खेल्ने कार्यक्रम छ ।
Post Comments
Related News
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न
- भरतपुर मेयर कप : दोस्रो चरणको चार खेल सम्पन्न
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- खेलाडी संघको पहलमा युवा खेलाडी सन्देशको निःशुल्क शल्यक्रिया सम्पन्न
- धरान एन्फा एकेडेमीलाई खेल सामाग्री हस्तान्तरण