
काठमाडौं । रोमाञ्चक जितका साथ आयोजक लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेश जारी सभापति कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ ।
शनिबार भएको तेस्रो क्वाटरफाइनलमा लोकतान्त्रिक खेलकुद संघले विभागीय टोली नेपाल पुलिस क्लबमाथि २–१ को जित हात पार्दै अन्तिम चारमा प्रवेश गरेको हो ।
दशरथ रंगशालामा भएको खेलको २९औं मिनटमा सुजन मगरको गोलबाट पुलिसले खेलमा अग्रता बनाएको थियो । तर, आयोजक टोलीले दोस्रो हाफमा रोमाञ्चक पूनःरागमन गर्यो ।
खेलको ५२औं मिनटमा अमित तामाङले लोकतान्त्रिक खेलकुद संघका लागि बराबरी गोल फर्काए भने खेलको अन्तिमतिर अकिनिस बाफुरले दोस्रो तथा निर्णायक गोल गर्दै टोलीको जित पक्का गरे ।
प्रतियोगिता अन्तर्गत माघ १३ गते आइतबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल न्युरोडटिम (एनआरटी) र फ्रेण्डस क्लबबीच हुने आयोजकले जानकारी दियो ।
सत्ता साझेदार पार्टी नेपाली काँग्रेसको भातृ संगठन लोकतान्त्रिक खेलकुद संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २६ लाख हात पार्नेछ भने उपविजेताले १३ लाख प्राप्त गर्नेछ । फाइनल खेल माघ १७ गतेका दिन हुनेछ ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै