काठमाडौं । रोमाञ्चक जितका साथ आयोजक लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेश जारी सभापति कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ ।
शनिबार भएको तेस्रो क्वाटरफाइनलमा लोकतान्त्रिक खेलकुद संघले विभागीय टोली नेपाल पुलिस क्लबमाथि २–१ को जित हात पार्दै अन्तिम चारमा प्रवेश गरेको हो ।
दशरथ रंगशालामा भएको खेलको २९औं मिनटमा सुजन मगरको गोलबाट पुलिसले खेलमा अग्रता बनाएको थियो । तर, आयोजक टोलीले दोस्रो हाफमा रोमाञ्चक पूनःरागमन गर्यो ।
खेलको ५२औं मिनटमा अमित तामाङले लोकतान्त्रिक खेलकुद संघका लागि बराबरी गोल फर्काए भने खेलको अन्तिमतिर अकिनिस बाफुरले दोस्रो तथा निर्णायक गोल गर्दै टोलीको जित पक्का गरे ।
प्रतियोगिता अन्तर्गत माघ १३ गते आइतबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल न्युरोडटिम (एनआरटी) र फ्रेण्डस क्लबबीच हुने आयोजकले जानकारी दियो ।
सत्ता साझेदार पार्टी नेपाली काँग्रेसको भातृ संगठन लोकतान्त्रिक खेलकुद संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २६ लाख हात पार्नेछ भने उपविजेताले १३ लाख प्राप्त गर्नेछ । फाइनल खेल माघ १७ गतेका दिन हुनेछ ।
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने