
भरतपुर । तेस्रो पीएफसी इमर्जिङ कप–२०८१ अन्तर्गत मंगलबारदेखि क्वाटरफाइनल खेलहरु सुरु हुँदैछन । क्वाटरफाइनल खेल अन्तर्गत आज दुई खेल हुनेछन ।
पहिलो क्वाटरफाइनलमा दिउँसो १ बजे आदिकवि भानुभक्त माध्यमिक विद्यालय र पारिजात इंग्लिश बोर्डिङ स्कूल खेल्नेछन । प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । पारिजात इंग्लिश बोर्डिङ स्कूलले पहिलो संस्करणको विजेता सोमाङ जीव ऐकेडेमीलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
आज नै दोस्रो खेलमा ३ बजे अमर माध्यामिक विद्यालय र नारायणी पब्लिक स्कुल प्रतिस्पर्धा गर्न कार्यक्रम संयोजक सुमन सापकोटाले जानकारी दिए । आजको खेलमा जित निकाल्ने टोली उपाधि होडका लागि बलियो दावेदार मानिनेछ ।
क्वाटरफाइनलका लागि अरूणोदय माध्यामिक विद्यालय, शोमेश्वर माध्यामिक विद्यालय, नारयाणी नमुना माध्यामिक विद्यालय र स्टेप बाइ स्टेप सेकेन्डरी स्कुल पनि प्रवेश गरेका छन् ।
बुधबार यी टिमले प्रतिस्प्रर्धा गर्नेछन् । जसअनुसार पहिलो खेल अरूणोदय माध्यामिक विद्यालय र नारयाणी नमुना माध्यामिक विद्यालय विच हुनेछ भने स्टेप बाइ स्टेप सेकेन्डरी स्कुल र शोमेश्वर माध्यामिक विद्यालय विच दोस्रो खेल हुने सापकोटाले बताए ।
प्रतियोगिताको विजेताले १० हजार नगदसहित ३० हजार रुपैयाँ बराबरको खेलकुद सामग्री पाउने छन् । यस्तै उपविजेताले १० हजार नगदसहित १५ हजार रुपैयाँ बराबरको खेलकुद सामग्री ट्रफी, मेडल र प्रमाणपत्र पाउने क्लबका सचिव सुमन पौडेलले जानकारी दिए । फाइनल खेल माघ १२ गतेका दिन हुनेछ ।