News तेस्रो पीएफसी इमर्जिङ कपः पारिजात र आदिकवि भानुभक्तको जित
गोलनेपाल

भरतपुर । यहाँ जारी तेस्रो पीएफसी इमर्जिङ कप–२०८१ मा आइतवारको खेलमा पारिजात इंग्लिश बोर्डिङ स्कूलले सोमाङ जीवी ऐकेडेमीलाई ३ २ ले हराएको छ । पारिजातको जितका लागि तीन गोलनै बिष्णु अधिकारीले गरेका थिए ।

खेलको म्यान अफ दि म्याच पनि उनै अधिकारी भएको क्लबका अध्यक्ष पोस्टराज तिमिल्सिनाले जानकारी दिए । सोमाङ जीवीका लागि दुई गोल प्रबिन मल्लले गरेका थिए । आर्को खेलमा भने आदिकवि भानुभक्त माध्यामिक विद्यालय स्वत विजयी भएको छ। 

पटिहानी फुटबल क्लबको आयोजनामा सुरु भएको यो प्रतियोगितामा चितवनका १६ विद्यालयहरू सहभागी छन् । खेल भरतपुर–१४ को सुन्दर बस्ती खेलमैदानमा माघ १२ गते सम्म हुने छ । यस अघि भरतपुरको नारयाणी नमुना माध्यामिक विद्यालय, नारायणी पब्लिक स्कुल, अरूणोदय माध्यामिक विद्यालय र अमर माध्यामिक विद्यालयले क्वाटर फाइनलमा पुगि सकेका छन् ।

सोमबार पहिलो खेल दिउँसो १ बजे शोमेश्वर माध्यामिक विद्यालय र एसओएस विच प्रतिस्प्रर्धा हुनेछ । यस्तै दोस्रो खेल ३ बजे स्टेप बाइ स्टेप सेकेन्डरी स्कुल र स्मल हेभेन स्कुल विच प्रतिस्पर्धा हुनेछ । यो संगै लिग चरणको पहिलो खेलहरु सकिने छ।

प्रतियोगिताको विजेताले १० हजार नगदसहित ३० हजार रुपैयाँबराबरको खेलकुद सामग्री पाउने छन् । यस्तै उपविजेताले १० हजार नगदसहित १५ हजार रुपैयाँ बराबरको खेलकुद सामग्री ट्रफी, मेडल र प्रमाणपत्र पाउने क्लबका सचिव सुमन पौडेलले जानकारी दिए । अनुशासित टिमलाई ५ हजारबराबरको खेलकुद सामग्रीसहित सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्तालाई फुटबल सुजसहित प्रमाण पत्र र पुरस्कारको व्यवस्था गरिएको छ ।

Post Comments