News योङ ब्वाईज झापालाई पॉचौ श्रीजंग राय स्मृति फुटबल प्रतियोगिताको उपाधि
गोलनेपाल

आठराई । तेह्रथुमको आठराई गाउँपालिका ३ ह्वाकु मौलाडॉडामा सम्पन्न पॉचौ श्रीजंग राय स्मृति खुल्ला पुरूष फुटबल प्रतियोगिताको उपाधि योङ ब्वाईज झापाले हात पारेको छ ।

आइतबार सम्पन्न फाइनल खेलमा आयोजक श्रीजंग राय पापो समाजलाई सडन डेथमा ७-६ गोलले पराजित गर्दै झापाले उपाधि चुमेको हो ।

निर्धारित समयमा दुबै टिमबाट एक एक को बराबरी भएपछि खेल पेनाल्टि सुट आउट तर्फ धकेलिएको थियो । पेनाल्टि सुट आउटमा पनि ४-४ को बराबरी भएपछि नतिजा सडन डेथ मार्फत निकालिएको हो ।

उपाधि संगै झापाले १ लाख ५ हजार १०८ सहित ट्रफि मेडल र प्रमाणपत्र हात पार्यो । उपविजेता आयोजक ए ले ६५ हजार १०८ सहित ट्रफि मेडल र प्रमाण पत्रमा चित्त बुझायो । फाइनल खेलको म्यान अफ दि म्याच योङ ब्वाइजका बेगम गुरूङ घोषित हुँदै दुइ हजार प्राप्त गरे ।

Post Comments