
काठमाडौं । नेपालको चर्चित फुटबल क्लब त्रिुभवन आर्मी क्लबले एएफसी क्लब लाइसेन्सको मान्यता पाएको छ । यो कुराको पुष्टी मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले समेत गरेको छ ।
यो निर्णयसँगै आर्मीले अब एसियाली फुटबल महासंघ (एएफसी) ले आयोजना गर्ने फुटबल गतिविधीहरुमा नेपालको प्रतिनिधित्व गर्न सक्षम भएको छ । साथै आर्मीको नयाँ नाम त्रिभुवन आर्मी फुटबल क्लब भएको छ ।
स्मरण रहोस, यसअघि एएफसीले नेपालका १३ ए डिभिजन क्लबहरुको एएफसी क्लब लाइसेन्स प्रक्रियालाई अस्वीकृत गर्नुका साथै रद्द गरेको थियो । एएफसीको यो निर्णयपछि नेपालका क्लबहरुले वार्षिक रुपमा आयोजना हुने प्रतिष्ठित एएफसी कपमा समेत सहभागिता जनाउन पाएका थिएनन् ।
आर्मीले क्लब लाइसेन्सिङका लागि एएफसी समक्ष निवेदन सहित अपिल पनि गरेको थियो । एएफसीले तोकेको नियमअनुसार नै एएफसी क्लब लाइसेन्सका लागि आवश्यक सबै प्रक्रिया पूरा गरेपछि आर्मीले सो मान्यता पाएको हो ।
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय