News
दॉगपा माघेनी मेला : तेस्रो दिन पुरूषतर्फका ५ खेल सम्पन्न

लालिगुराँस । तेह्रथुम जिल्लाको लालिगुराँस नगरपालिका ५ दाँगपामा शनिबार देखि शुरू भएको माघेनी मेला खुल्ला पुरूष तथा महिला फुटबल प्रतियोगिताको तेस्रो दिन सोमबार पुरूष तर्फ ५ खेल सम्पन्न भएका छन ।
पहिलो खेलमा कुसाङ एफसी विजयी भएको छ। दोस्रोमा लुङमाहिम,तेस्रोमा आयोजक बि,चौथोमा कालिका जुनियर र पॉचौ खेलमा चोलुङ नालिगेन विजयी भएका हुन ।
प्रतियोगिताको पुरूष तर्फ विजेताले १ लाख १ हजार १११ र उपविजेताले ५० हजार ५५५ प्राप्त गर्नेछन । त्यसैगरी महिला तर्फ विजेताले ५० हजार र उपविजेताले २५ हजार पाउँनेछन ।
जालपा युवा क्लबले आयोजना गरेको प्रतियोगितमा पुरूष तरफ २२ र महिला तर्फ ८ टिमको सहभागिता रहेको छ ।
Post Comments
Related News
- चुलाचुली स्पोर्टिङ झापा तेह्रथुममा जारी केलाङ मेलाको उपाधि नजिक
- तेह्रथुम जलजलेः सेमिफाइनल खेल्ने चार टोलीकै टुङगो लाग्यो
- आयोजक मुनाल र जि.सि २२ सेमिफाइनलमा
- तेह्रथुमको जलजलेमा केलाङ मेला खुल्ला पुरूष तथा महिला फुटबल प्रतियोगिता शुरू
- तेह्रथुमको जलजलेमा बैशाख २३ देखि खुल्ला पुरूष तथा महिला फुटबल प्रतियोगिता हुने