News बैदे गोल्डकपको फाइनलमा साइनिङ्ग स्र्पोटिङ र इन्ट्रा पथरी–११ भिड्ने
गोलनेपाल

चुलाचुली । प्रथम बैदे गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा साईनिङ्ग स्र्पोटिङ क्लब, धनकुटा र इन्ट्रा पथरी–११ मोरङ्ग उपाधिका लागि भिड्ने भएका छन् ।

सोमबार भएको दोस्रो सेमिफाइनलमा साइनिङ्गले जित हात पार्दै फाइनल प्रवेश गरेपछि पथरीसँगको उपाधि भिडन्त पक्का गरेको हो । सोमबार साइनिङ्गले त्रिवेणी फुतबल क्लब, झापालाई पेनाल्टी शुटआउटमा ५–३ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

खेलमा साइनिङ्ग स्र्पोटिङ्ग क्लबका गोलरक्षक राजेश खड्का प्लेयर अफ द म्याच घोषित भए । फाइनल खेल माघ १ गते मंगलबारका दिन हुने पनि आयोजकले जानकारी दियो ।

द बैदे स्र्पोटिङ क्लब, चुलाचुली, इलामको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०५,५०५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५०५ रुपैयाँ प्राप्त गर्नेछ ।

Post Comments