News
दॉगपा माघेनी मेला : दोस्रो दिन आईतबार पहिलो चरणका ६ खेल सम्पन्न

लालिगुराँस । तेह्रथुम जिल्लाको लालिगुराँस नगरपालिका ५ दाँगपामा शनिबार देखि शुरू भएको माघेनी मेला खुल्ला पुरूष तथा महिला फुटबल प्रतियोगिताको दोस्रो दिन आइतबार ६ खेल सम्पन्न भएका छन ।
पुरूष तरिफ पहिलो खेलमा किरात माङहिमले केबुहाङ एफसीलाई पेनाल्टी सुट आउटमा पराजित गर्यो । दोस्रो,तेस्रो,चौथो र पॉचौ खेलमा क्रमश आयोजक बी,गणेश कालिका र रियल लसिने विजयी भए ।
प्रतियोगिताको दोस्रो दिन महिलातर्फ एक खेल सम्पन्न भयो । जसमा लुङमाहिम एफ सि लाई ७:० ले हराउदै आयोजक बि सेमिफाइनल प्रवेश गरेको छ ।
प्रतियोगिताको पुरूष तर्फ विजेताले १ लाख १ हजार १११ र उपविजेताले ५० हजार ५५५ प्राप्त गर्नेछन । त्यसैगरी महिला तर्फ विजेताले ५० हजार र उपविजेताले २५ हजार पाउँनेछन ।
जालपा युवा क्लबले आयोजना गरेको प्रतियोगितमा पुरूष तर्फ २२ र महिला तर्फ ८ टीमको सहभागिता रहेको छ ।
Post Comments
Related News
- तेह्रथुम जलजलेः सेमिफाइनल खेल्ने चार टोलीकै टुङगो लाग्यो
- आयोजक मुनाल र जि.सि २२ सेमिफाइनलमा
- तेह्रथुमको जलजलेमा केलाङ मेला खुल्ला पुरूष तथा महिला फुटबल प्रतियोगिता शुरू
- तेह्रथुमको जलजलेमा बैशाख २३ देखि खुल्ला पुरूष तथा महिला फुटबल प्रतियोगिता हुने
- मदन मेलाको उपाधिःपुरूष तर्फ सोधुङ सेन्दाङ र महिला तर्फ म्याङलुङ स्पोर्टिङलाई