News प्रथम बैदे गोल्डकपः इन्ट्रा पथरी ११ फाइनलमा प्रवेश
गोलनेपाल

पहिलो सेमिफाइनलमा मिक्लाजुङ खेलकुद पाँचथरलाई ५:१ को अन्तरले पराजित गर्दै इन्ट्रा पथरी ११ मोरङ फाइनलमा प्रबेश गरेकोछ।

इन्ट्रा पथरी ११ का जर्सी नम्बर ७ अंकित लिम्बू उत्कृष्ट प्रदर्शन देखाउँदै प्लेयर अफ द म्याच का रूपमा चयन भएका छन्। लिम्बूको नेतृत्वमा पथरीको आक्रमण बलियो रहेकाले पाँचथरको डिफेन्सलाई सहजै पराजित गर्‍यो।

आजको जितसँगै इन्ट्रा पथरी ११ ले अब फाइनलको लागि तयारी गर्दै छ, र भोलि दोस्रो सेमिफाइनल खेल हुने छ। दोस्रो सेमिफाइनलमा दमक र धनकुटाबीच प्रतिस्पर्धा हुने छ।

Post Comments