News
पेम्बाको ह्याट्रिकमा संकटाको शानदार जित
काठमाडौं । एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत पुस २२ गते सोमबार भएको दोस्रो खेलमा संकटा फुटबल क्लबले उत्कृष्ट जित हात पारेको छ ।
एन्फा कम्प्लेक्समा भएको खेलमा संकटाले एफसी खुमलटारमाथि ४–१ को प्रभावशाली जित निकालेको हो । संकटाको जितमा पेम्बा तामाङले ह्याट्रिक गर्दा थप एक गोल एल्सन राईले गरे । उता पराजित खुमलटारका लागि भने सुर्य थापा मगरले एक मात्र गोल फर्काएका थिए ।
स्मरण रहोस, सोमबार नै भएको दिनको पहिलो खेलमा एपिएफ फुटबल क्लब र थ्रीस्टार फुटबल क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए ।
Post Comments
Related News
- बालोदय बोर्डिङ स्कुललाई पाँचौँ वडाध्यक्ष कपको उपाधि
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विराज र विकेशको ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरले समर क्याम्प आयोजना गर्ने