News
बिल स्मृति नवौं संगम कप फागुन ७ गतेदेखि

पोखरा । पर्यकटकीय शहर पोखराको परिचित क्लब मध्ये एक संगम क्लब, पोखराको आयोजनामा आउँदो फागुन ७ देखि १४ गतेसम्म बिल स्मृति नवौं संगम कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
पोखरा रंगशालामा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो ।
विधागततर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजारसहित ट्रफी हात पार्नेछ भने अन्य पाँच विधाका उत्कृष्ट खेलाडीहरुले नगद जनही ५–५ हजारसहित ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै क्वाटरफाइनलबाट प्रत्येक खेलको म्यान अफ दि म्याचलाई नगद २ हजार र ट्रफी प्रदान गरिने पनि आयोजकले जानकारी दियो ।
Post Comments