पॉचथरको टु-स्टार ग्रामीण सृजनशील क्लबको अध्यक्षमा विजय नेम्बाङ चयन
गोलनेपाल

इम्बुङ । पॉचथरको फाल्गुनन्द गाउँपालिका २ इम्बुङ स्थित टु-स्टार ग्रामीण सृजनशील क्लबको १६औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनबाट विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।

अधिवेशनबाट उपाध्यक्षमा अइन्द्र फुयल र दीपक नेम्बाङ चयन भएका छन्। त्यसैगरी सचिवमा डिल्ली हाङ नेम्बाङ, सहसचिवमा हेनी नेम्बाङ र कोषाध्यक्षमा विमला आङ्देम्बे नेम्बाङ चयन भएका छन्।

नवगठित कार्यसमितिका सदस्यहरूमा गगन नेम्बाङ, सन्तोष नेम्बाङ, मणि कुमार तामाङ, सागर नेम्बाङ र देवराज नेम्बाङ रहेका छन्।

अधिवेशनबाट चयन भएका नयाँ पदाधिकारीहरूले क्लबका लागि आगामी दिनमा आफ्नो उद्देश्य अनुसार खेलकुद,सामाजिक तथा सिर्जनशील गतिविधिलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।

Post Comments