
साँवा । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ४ साँवा थलङमा जारी क्लब स्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधिका लागि हिमाली तोक्मेगोला पापुङ र यातायात व्यवसायी संघ ताप्लेजुङ भिड्ने भएका छन ।
बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा हिमाली तोक्मेगोला पापुङले सिसास खोक्लिङलाई ५-१ गोलको फराकिलो अन्तरले पराजित गर्दै फाइनल पुगेको हो । दोस्रो सेम्फाइनलमा थुकिमालाई शुन्यका विरूद्ध तीन गोलले पराजित गर्दै यातायात व्यवसायी संघ फुङलिङले फाइनलमा हिमाली तोक्मेगोलासंगको भेट पक्का गरेको हो।
फाइनल खेल शुक्रबार दिनको १ बजे हुने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताको विजेताले एक लाख एक हजार १११ नगदसहित ट्रफी पाउनेछ । उपविजेताले ६१ हजारमा चित्त बुझाउने छ ।
सेमिफाइनलबाट बाहिरिने टिमलाइ सान्त्वना स्वरूप दश हजार प्रदान गरिएको थियो ।
खेलकुद क्षेत्रको विकाससँगै खेलकुदका माध्यममार्फत मिक्वाखोला गाउँपालिकामा रहेका फुङ्फुङे झरनासहितका पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने र मौलिक संस्कार संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका मणि कुमार थलङले बताउँनुभयो।
प्रतियोगिताका लागि मुख्य प्रायोजक मिक्वाखोला गाउँपालिका र प्रायोजकको भूमिकामा मध्य मेवा डेभलपर्स प्रालि रहेको पनि आयोजकले जनाएको छ ।
- ताप्लेजुङ गोल्डकप को तेस्रो संस्करणको तयारीमा नयाँ कार्य समिति चयन
- सॉवा ताप्लेजुङः क्लब स्तरीय फुटबलको उपाधि हिमाली तोक्मेगोलालाइ
- सॉवा क्लब स्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा
- ताप्लेजुङ सॉवा-क्लब स्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा
- ताप्लेजुङ सॉवा: मंगलबार दुई खेल सम्पन्न, पापुङ र बिसिएस विजयी