News रियललाई पहिलो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
गोलनेपाल

काठमाडौं । यसै वर्षदेखि शुरु भएको फिफा इन्टरकन्टिनेन्टल कप फुटबल प्रतियोगिताको उपाधि स्पेनिस जायन्ट रियल मेड्रिड फुटबल क्लबले जितेको छ ।

कतारको लुसैल स्थित लुसैल स्टेडियममा भएको फाइनलमा युरोपियन च्याम्पियन रियलले कन्काफ च्याम्पियन मेक्सिकोको पाचुका क्लबलाई ३–० ले हराउँदै च्याम्पियन बनेको हो ।

रियलको जितमा काइलन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए । भिनिसियसले भने पेनाल्टी मार्फत गोल गरेका थिए । भिनिसियस प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी बन्दै गोल्डेन बल समेत हात पारे ।

स्मरण रहोस, विश्व फुटबलको सर्वोच्च निकाय फिफाले यसै वर्षदेखि शुरुवात गरेको फिफा इन्टरकन्टिनैन्टल कपमा फिफा मातहत रहेको ६ महादेशका च्याम्पियनहरुले सहभागिता जनाएका थिए ।

(Photo: FIFA)

Post Comments