News
थ्रीस्टार र सातदोबाटोको बराबरी, चर्च ब्वाईजको रोमाञ्चक जित
काठमाडौं । ललित स्मृति यु–१८ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार १८औं चरणको अन्तिम दुई खेलहरु मध्ये एकमा निश्चित जित र अर्को बराबरी नतिजा निस्किएका छन् ।
एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा थ्रीस्टार फुटबल क्लब र सातदोबाटो युथ क्लबले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे । यो नतिजापछि १८ खेलबाट ३१ अंक जोडेको थ्रीस्टार लिगतालिकाको चौथो स्थानमा छ । सातदोबाटो भने ११ अंकका साथ पुछारमा छ ।
त्यस्तै अर्को खेलमा चर्च ब्वाईज युनाइटेड क्लबले एफसी खुमलटारलाई २–१ ले पराजित गर्यो । यो जितपछि चर्च ब्वाईज १८ खेलबाट १९ अंकका साथ लिगतालिकाको नवौं स्थानमा छ । पराजित खुमलटार भने ११ अंकका साथ ११औं स्थानमा छ ।
Post Comments
Related News
- मध्यपुर थिमिमा तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता हुँदै
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- नेपाल फुटबल स्कुललाई उपाधि