News समिर निर्णायक बन्दा चर्च ब्वाईज फाइनलमा
गोलनेपाल

इलाम । झिनो अन्तरको जितका साथ चर्च ब्वाईज युनाइटेड, काठमाडौं जारी दोस्रो एनआरएनए इलाम गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनलमा चर्च ब्वाईजले घरेलु टोली रेडहर्ष फुटबल क्लब, इलामलाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधि नजिक पुगेको हो । चर्च ब्वाईजका लागि खेलको अन्तिमतिर समिर तामाङले गरेको एक मात्र गोल निर्णायक गोल बन्यो ।

खेलमा निर्णायक गोलकर्ता समिर तामाङ नै प्लेयर अफ दि म्याच चुनिए । प्रतियोगिता अन्तर्गत मंसिर २७ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल न्युरोडटिम –एनआरटी) र रेड स्टार फुटबल क्लब, झापाबीच हुने आयोजकले जानकारी दियो ।

 

Post Comments